नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट गुणाकर भट्ट राजीनामा दिएका छन्।
गभर्नरको दौडमा रहेका उनले गभर्नर बन्ने लगभग पक्का भएसँगै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको भूमिकामा रहेका भट्टलाई गभर्नर बन्नबाट राष्ट्र बैंक ऐन नै बाधक बन्ने भएपछि उनले पदबाट राजीनामा दिएको बताइन्छ ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागवण्डा टुंगिएको हो । गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएपछि बिहिबार नै कांग्रेस सभापति शेरबहादुर देउावाले भट्लाई बोलाएर छलफल गर्दै भगर्नर बनाउने सिग्नल दिएका थिए ।
उच्च राजनीतिक तहबाटै ग्रिन सिग्नल पाएपछि भट्टले शुक्रबार राजिनामा दिएका हुन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले डा.भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चितजस्तै देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस