Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा पैसा फालाफाल - आजै फेरी थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, १० : १९ मा प्रकाशित

बैंकिङ प्रणालीमा पैसा फालाफाल - आजै फेरी थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

आइतबार राष्ट्र बैंकले थप रकम खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आज केन्द्रिय बैंकले फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको वैशाख २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको