संयुक्त राज्य अमेरिकाका पराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्य गर्न नयाँ शान्ति प्रस्ताव अघि सारेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै रुस र युक्रेनले यसै सातामा सम्झौता गरेर अमेरिका सँग “ठूलो व्यापार” गर्नुपर्ने बताएका छन्।
ट्रम्पले लेखेका छन्:
“HOPEFULLY RUSSIA AND UKRAINE WILL MAKE A DEAL THIS WEEK. BOTH WILL THEN START TO DO BIG BUSINESS WITH THE UNITED STATES OF AMERICA, WHICH IS THRIVING, AND MAKE A FORTUNE.”
ट्रम्पको यो भनाइ फेब्रुअरी २०२२ देखि जारी युक्रेन–रुस युद्धको बीचमा आएको हो, जुन युद्धको पछिल्लो चरणमा दुबै पक्षले ईस्टर बिदामा भएको युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कामाथि लगाइरहेका छन्।
यसअघि ट्रम्पले यदि कुनै पनि पक्षले शान्ति वार्तालाई जटिल बनायो भने अमेरिका वार्ताबाट पछि हट्न सक्ने चेतावनी पनि दिएका थिए।
उनले भनेका थिए,
“यदि कुनै एक पक्षले वार्तालाई अत्यन्तै गाह्रो बनायो भने, हामी भन्नेछौं – 'तिमी मूर्ख हौ, तिमी नराम्रा व्यक्ति हौ', अनि हामी बस्छौं र त्यो प्रक्रिया पास गरिदिन्छौं।”
उनले थपे,
“मलाई लाग्छ, हामीसँग शान्ति सम्झौता गराउने राम्रो मौका छ। यो अवस्था अहिले निर्णायक मोडमा आइपुगेको छ।”
हालैको एक-दिने ईस्टर युद्धविराम अवधिमा पनि रुस र युक्रेन दुबैले हजारौंपटक आक्रमण भएको दाबी गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणका करिब ३,००० उल्लंघनहरू भएको बताए, भने क्रेमलिनले युक्रेनबाट १,००० उल्लंघन भएको बताएको छ, जसले नागरिक मृत्यु र संरचनात्मक क्षति भएको दाबी गरिएको छ।
अमेरिकी प्रशासनले युद्धविराम ३० दिनसम्म बढाउन स्वागतयोग्य हुने बताउँदै आएको छ भने युक्रेनी नेतृत्वले पनि यस्तो युद्धविराममा इच्छुक रहेको बारम्बार दोहोर्याएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस