रूस-युक्रेन युद्ध सुरु भएको दुई वर्षपछि पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदोमिर ज़ेलेन्स्कीलाई प्रत्यक्ष द्विपक्षीय वार्ताको प्रस्ताव गरेका छन्। यो विकास त्यतिबेला आएको हो जब संयुक्त राज्य अमेरिका, युक्रेन तथा केही युरोपेली राष्ट्रहरू लन्डनमा युद्ध अन्त्यको प्रयासस्वरूप उच्चस्तरीय वार्तामा जुटिरहेका छन्।
लन्डनमा हुने यो बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, ट्रम्प प्रशासनका विशेष दूतहरू स्टीव विटकॉफ र कीथ केलोग तथा फ्रान्स, जर्मनी, बेलायत र युक्रेनका विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरू सहभागी हुने जनाइएको छ।
राष्ट्रपति पुटिनले युक्रेनी समकक्षीसँग प्रत्यक्ष वार्ताको प्रस्ताव राख्दै भने, "हामी जहिल्यै शान्तिका पहलहरूप्रति सकारात्मक रहँदै आएका छौं। आशा छ, कीभका नेताहरूले पनि यही भावना देखाउने छन्।"
पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि राष्ट्रपति पुटिनको भनाइलाई पुष्टि गर्दै भने, "नागरिक क्षेत्रमा आक्रमण नगर्ने विषयमा द्विपक्षीय रूपमा छलफल गर्न सकिन्छ भन्ने सन्देश राष्ट्रपतिले दिएका हुन्।"
यता युक्रेनी राष्ट्रपति ज़ेलेन्स्कीले प्रत्यक्ष रूपमा पुटिनको प्रस्तावबारे केही नबताए पनि उनले आफ्नो भिडियो सन्देशमार्फत भने, “हामी नागरिकमाथि आक्रमण रोक्ने उद्देश्यले स्थायी युद्धविरामबारे कुनै पनि कुराकानी गर्न तयार छौं।”
गत हप्ता रूसले घोषणा गरेको ईस्टर युद्धविरामको क्रममा दुवै पक्षले हजारौं उल्लङ्घन भएको आरोप एकअर्कालाई लगाएका छन्। युक्रेनले रूसले युद्धविराम उल्लङ्घन गर्दै हजारभन्दा बढी आक्रमण गरेको दाबी गरे पनि, रूसले पनि युक्रेनलाई दोष लगाएको छ।
यसैबीच, पराष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि सम्झौताका पक्षमा फेरि दबाब दिएका छन्। लन्डनमा हुने आगामी बैठकमा युद्ध अन्त्यका लागि एक ढिक्का प्रयास हुने संकेत देखिएको छ।
युक्रेनी राष्ट्रपति ज़ेलेन्स्कीले भने, "संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र युक्रेन मिलेर हामी बिना सर्त युद्धविराम तथा दीर्घकालीन शान्तिको मार्गमा अघि बढ्न तयार छौं।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस