सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गरेका हुन् । नीति तथा कार्यक्रम सरकारको झण्डै एक दर्जन प्राथमिकता निर्धारण गरेको छ ।
सरकारको प्राथमिकता
- संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसविरुद्ध भएका गतिविधिको प्रतिवाद ।
- संविधान संशोधन ।
- राजनीतिक स्थायित्व र नीतिगत स्थिरता ।
- विकास निर्माण परियोजना पुनः प्राथमिकीकरण ।
- आयोजनाको समय तालिका निर्माण गरिने । सम्पन्न हुन नसक्ने आयोजना स्थगित, त्रुटीपूर्ण आयोजना खारेज ।
- विद्यालय शिक्षाको चुनौती समाधान । उद्यमशीलता वृद्धिका लागि पाठ्यक्रम सुधार ।
- युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुधार, जेन–जीलाई प्राथमिकता ।
- स्वास्थ्य सेवाको जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार ।
- स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना ।
- कृषिको व्यवसायीकरण र पूर्वाधारका लागि तीन तहका सरकारबीच समन्वय ।
- अनावश्यक संरचना खारेज ।
- फेसलेस र अनलाइन सेवाको विस्तार ।
- सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस