नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न चाहने सेयरधनीहरूका लागि आज आइतबार (वैशाख २८ गते) अन्तिम मौका रहेको छ। कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। वैशाख २९ गते सार्वजनिक बिदा परेकोले आजसम्म नेको इन्स्योरेन्सको सेयर कायम रहेका सेयरधनीहरू मात्र लाभांश पाउने र साधारणसभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले २९ औं वार्षिक साधारणसभा बोलाएको छ, जुन जेठ ९ गते बिहान ११ बजे काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजना हुनेछ।
प्रस्तावित लाभांश
नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि हालको चुक्ता पुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
७% बोनस सेयर
०.३६८४% नगद लाभांश (कर प्रयोजनका लागि)
साधारणसभाले के–के पारित गर्नेछ?
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने
नयाँ आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायको निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढाउने विशेष प्रस्ताव पारित गर्ने
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस