नेको इन्स्योरेन्स लिमिटेडले ४:१ को अनुपातमा निष्कासन गरेको हकप्रद शेयर अन्तर्गत आवेदन नपरेको अवितरित शेयरको बाँडफाँड सम्पन्न गर्दै बाँडफाँडमा नपरेका आवेदकलाई रकम फिर्ता प्रक्रिया सुरु गरेको छ।
कम्पनीका अनुसार बाँडफाँडमा नपरेको शेयर वापतको रकम जेठ ७ गतेदेखि आइपीएस प्रणालीमार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिनेछ। कम्पनीले रकम नपरेको खण्डमा सम्बन्धित आवेदकले बिक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ।
यसअघि, हकप्रद शेयर निष्कासन अन्तर्गत ५० लाख ३० हजार ९०१.५५ कित्ता शेयर बिक्रीमा ल्याइएको थियो। सोमध्ये केही अवितरित शेयरहरूलाई कम्पनीले बैशाख १२ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत बिक्री प्रक्रिया अघि बढाएको थियो। प्राप्त बोलपत्रहरू बैशाख २६ गते खोलिएको थियो र सोही आधारमा बाँडफाँड गरिएको हो।
सर्वसाधारण समूहतर्फको बाँडफाँड मूल्य रु ६९७.७८ तोकिएको छ। उक्त मूल्यमा आवेदन दिने आवेदकहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। बाँडफाँडको नतिजा कम्पनीको वेबसाइटमार्फत समेत हेर्न सकिने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस