नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो हकप्रद सेयर बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। फागुन ८ गतेदेखि सुरु भई चैत १४ गतेसम्म म्याद थप गरिएको हकप्रद सेयर वितरण अन्ततः चैत ३१ गते सम्पन्न भएको हो।
कम्पनीले जानकारी दिएअनुसार, समयमै आवेदन दिएका सेयरधनीहरूलाई ४८ लाख ५ हजार ६४० दशमलव २० कित्ता हकप्रद सेयर बाँडिएको छ।
यसअघि कम्पनीले हकप्रद निष्कासनका लागि माघ १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोज अघि कायम रहेका सेयरधनीहरूले ४ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर पाउने व्यवस्था थियो। कम्पनीले २ अर्ब १ करोड रुपैयाँ बराबरको ५० लाखभन्दा बढी सेयर निष्कासन गरेको हो।
बाँडफाँडमा आफ्नो भागभन्दा बढी माग गरेका लगानीकर्ताहरूको आवेदन अनुसार बाँडफाँड नभएको सेयरको रकम बैशाख ३ गतेदेखि फिर्ता हुने भएको छ।
यससँगै, कम्पनीले सबै सिआस्वा सदस्यहरूलाई फिर्ता रकम समयमै सम्बन्धित सेयरधनीहरूको खातामा फुकुवा गरिदिन आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस