काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् ।
वरिष्ठता क्रम तोडेर विश्वविद्यालयले सिंहलाई डिनमा नियुक्त गरेको भन्दै विरोध बढेपछि उनले राजीनामा दिएका हुन् ।
त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बस्दै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस