Like us!
Follow us!
Connect us!
Watch us!

बल्क एसएमएसमार्फत राजनीतिक सन्देश प्रसारणबारे एनसेलको ध्यानाकर्षण

अर्थ संसार

विहीबार, ०१ माघ २०८२, ११ : २५ मा प्रकाशित

बल्क एसएमएसमार्फत राजनीतिक सन्देश प्रसारणबारे एनसेलको ध्यानाकर्षण

एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति दूरसञ्चार सेवा प्रदायक एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एनसेलले उक्त अनधिकृत राजनीतिक एसएमएस आफ्नो नेटवर्कमार्फत ग्राहकहरूलाई प्रसारण नभएको स्पष्ट पारेको छ।

घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराइएको एनसेलले जनाएको छ। एनसेलले दूरसञ्चार सेवाको अनधिकृत तथा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको पनि उल्लेख गरेको छ।

कम्पनीका अनुसार प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गरिएको छ। सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा एनसेलले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै आएको दाबी गरेको छ।

एनसेलले ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको र कुनै पनि अनधिकृत उद्देश्यका लागि डाटा साझा नगर्ने स्पष्ट पारेको छ।

जिम्मेवार सेवा प्रदायकका रूपमा एनसेलले सधैं प्रचलित कानूनको पालना गर्दै ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै निरन्तर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको