अर्थ संसार, काठमाडौं– कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश दिने भएको छ ।
आगामी माघ २९ गते हुने वार्षिक साधारणसभाले बोनस सेयर तथा लाभांश पारित गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ छ ।
सर्वसाधारण सेयरधनीलाई उक्त चुक्ता पुँजीको २० प्रतिशत अर्थात् १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँको बोनस सेयर दिने भएको छ ।
यसैगरी, चुक्ता पुँजीको १.०५३ प्रतिशत अर्थात् ७ करोड ४६ लाख ७ हजार १ सय ५८ रुपैयाँ नगद लाभांश दिने भएको छ ।
यो रकम कर प्रयोजनका लागि छुट्ट्याइएको हो । उता अग्राधिकार सेयरधनीलाई भने चुक्ता पुँजीको ६ प्रतिशत ३२ करोड ५९ लाख ६२ हजार ७ सय २० रुपैयाँ लाभांश दिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस