Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकसँग इला होटल्स र कालिका केबलकारको छुट सम्झौता

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, १३ : २६ मा प्रकाशित

प्रभु बैंकसँग इला होटल्स र कालिका केबलकारको छुट सम्झौता

प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र कालिका केबलकार लिमिटेडबीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले इला होटल्स र कालिका केबलकारका विभिन्न सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन्। सहमति अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले खानपिन सेवामा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट पाउनेछन्। साथै, केबलकार यात्रा निःशुल्क गरिने पनि उल्लेख गरिएको छ।

सम्झौतापत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स तथा कालिका केबलकारका महाप्रबन्धक अर्बिन केसीले हस्ताक्षर गरेका हुन्।

बैंकले यो सहकार्यले ग्राहक र कर्मचारीहरूलाई थप सहज, गुणस्तरीय सेवा र फरक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको