Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीमा सुन भेटिएको हल्ला, परीक्षणका लागि खानी विभाग पठाइयो

शुक्रबार, १७ मंसिर २०७३, १६ : ४५ मा प्रकाशित

मेलम्चीमा सुन भेटिएको हल्ला, परीक्षणका लागि खानी विभाग पठाइयो

फोटो : रेडियो मेलम्ची

 

अर्थ संसार

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्दा सुनजस्तै पहेलो धातुको खानी फेला परेको छ ।मेलम्ची खानेपानी आयोजना प्रमूख धनश्याम भट्टराईले सुरुङ खन्दा बालुवामा मिसिएको अबस्थामा सुन जस्तै पहेँलो धातु भेटिएपछि त्यस स्थानको सुरक्षा व्यवस्था कडा पारिएको बताए । सुरुङ खन्ने क्रममा विहिबार त्यस्तो धातु फेला परेको हो ।

‘सुरुङमा पहेँलो धातु भेटिएको जानकारी पाउनासाथ त्यहाँ सुरक्षा व्यवस्था कडा पारेका छौं,’ आयोजना प्रमुख भट्टराइले भने,‘सुरुङ वरपर आधिकारिक व्यक्तिबाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ ।’ त्यस स्थानमा क्लोज सर्किट क्यामरा राख्न निर्देशन दिइसकेको उनले बताए । 

परीक्षण नगरी सुन वा अरु धातु हो भनेर छुट्याउन नसकिने खानी विज्ञहरु बताउँछन् । उक्त धातुको अहिलेसम्म परीक्षण भने गरिएको छैन । भट्टराईले त्यस्तो पहँेलो धातु पाइपराइट पनि हुन सक्ने बतए । ‘पइपराइट नामक धातु पनि सुन जस्तै गरी टल्किन्छ,’ उनले भने । उनले भेटिएको धातु परीक्षणका लागि खानी तथा भूगर्व विभागमा पठाइसकेको जानकारी दिए । 

मेलम्ची खानेपानीको मुहाननजिकैको सुरुङमा बिहीबार एक्साभेटरले खोस्रदैं गर्दा चालकसहित वरपर काम गरिहरका कामदारले भुँईमा नौलो किसिमको पत्थर देखेर हेलम्बु गाविसका सचिव नारायण पौडेललाई खबर गरेका थिए । उनले प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई जानकारुी गराए । त्यसपछि उक्त ठाऊँमा नेपाली सेनाले घेरा हालेको छ । शुक्रबार बिहानै क्षेत्रिय प्रशासक विनोद के।सी, प्रमुख जिल्ला अधिकारी सिलवाललगायतका सरकारी अधिकारी उक्त स्थानमा पुगेका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको