Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ४६ अकंको गिरावट,कारोबार रकम १३ अर्ब १८ करोड

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, १५ : १० मा प्रकाशित

सेयर बजारमा ४६ अकंको गिरावट,कारोबार रकम १३ अर्ब १८ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.७८ अकंले घटेर २७९६.५७ बिन्दुमा बन्द भएको  छ । आज १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

फाइनान्स समूहको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । फाइनान्स समूहको सेयर मात्रै २.०८ प्रतिशतले घटेको छ । साथै, वाणिज्य बैक समूहको १.८२ प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५६ प्रतिशतले सेयर मूल्य घटेको छ ।  

यसदिन ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको