नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पुँजी बजारले समग्र अर्थतन्त्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले पुँजी बजारले समग्र अर्थतन्त्रलाई योगदान दिने भन्दा पनि केही सिमित व्यक्तिले मात्रै कमाउने उनले बताएका हुन् ।
‘पुँजी बजारले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने भन्दा पनि केही व्यक्तिहरुले फाइदा लिने र उनीहरुले नाफा कमाउने हो,’ उनले भने । त्यस्तै उनले सरकारले अठोटका साथ काम गरेको खण्डमा देशको मुहार फेरिनका लागि धेरै समय नलाग्ने समेत बताएका छन् । सरकारले लगानीको वातावरणसँगै काम गर्ने वातावरण समेत निर्माण गर्ने तर्फ लाग्नु पर्ने उनको भनाइ छ ।
देशमा उत्पादन बढाउने र आयातलाई कम गर्न सकेको खण्डमा नेपालको अर्थतन्त्र सही दिशामा अघि बढ्ने उनको भनाइ छ । विदेशी मुद्राको सञ्चिति धेरै भएको अवस्थामा यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुने उनी बताउँछन् । ‘आयातका लागि विदेशी सञ्चिति बढी हुन राम्रो भए पनि त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक पर्दैन । अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउनका लागि उत्पादनमा ध्यान दिनु पर्छ,’ उनले भने ।
अब बन्ने सरकारले उत्पादनमा ध्यान दिनु पर्ने र आयातलाई विस्तारै कम गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने उनको सुझाब थियो । विदेशबाट युवाहरुलार्य स्वदेश फर्काएर उनीहरुको सिप प्रयोग गरेर उत्पादनमा लागेको खण्डमा देशको मुहार फेरिनका लागि धेरै समय नलाग्ने उनको तर्क छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस