नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा होटल फरेष्ट इन लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीका २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्।
यसमध्ये सर्वसाधारणका लागि निष्कासन गरिएको ४० लाख कित्ता र संस्थापकका लागि निष्कासन गरिएको १ करोड ६० लाख कित्ता समावेश छन्। कम्पनीको ओपनिङ मूल्यको रेञ्ज न्यूनतम ९०.६५ रुपैयाँदेखि अधिकतम २७१.९५ रुपैयाँसम्म रहेको छ।
यो सेयर बिहीबारदेखि नेप्सेमा कारोबारमा आउँनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस