ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब ४ करोड रुपैयाँ नोक्सानीमा रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ३ करोड ८४ लाख रुपैयाँले नोक्सानीमा रहेको हो ।
सो अवधिसम्ममा कम्पनीले १० करोड ४८ लाख रुपैँयाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल आमनी १० करोड ५१ लाख रुपैयाँ रहेको छ भने कम्पनीको कुल खर्च १४ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २३ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमासिकसम्मको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपेयाँ ८१ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९३ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस