नेपाल धितोपत्र बोर्डबाट दुई हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने अनुमति पाएका छन्।
धितोपत्र बोर्डले कलंगा हाइड्रो र सानीगाड हाइड्रोले आइपीओ ल्याउने अनुमति पाएका हुन्। कलंगा हाइड्रोले ४९ करोड रुपैयाँ र सानीगाडले ८५ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएका छन्। अब कलंगा हाइड्रोले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता र सानीगाड हाइड्रोले ८५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।
यी दुबै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणहरुका लागि जारी गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस