Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपालाई दुईतिहाइ पुर्‍याउन हामी सहयोग गर्छौं - कमल थापा

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, १५ : ४९ मा प्रकाशित

रास्वपालाई दुईतिहाइ पुर्‍याउन हामी सहयोग गर्छौं - कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपाका वरिष्ठ नेता बालेन साह र सभापति रवि लामिछानेलाई समर्थनका लागि शर्त प्रस्ताव गरेका छन्। थापाले बालेन साहको नेतृत्वमा बन्न सक्ने सम्भावित सरकारलाई संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाएमा मात्र समर्थन गर्न सकिने बताएका छन्।

उनले भनेका छन्, ‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुन:स्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’

नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा निरन्तर आवाज उठाउँदै आएको राप्रपाले यस निर्वाचनमा लज्जास्पद प्रदर्शन गरेको छ । प्रत्यक्षतर्फ पार्टीले मात्र एक सिट जितेको छ भने समानुपातिक प्रणालीतर्फ थ्रेसहोल्ड मुश्किलले पार गर्दै राष्ट्रिय दलको मान्यता कायम राख्न सफल भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको