Like us!
Follow us!
Connect us!
Watch us!

प्रभू बैंकको हकप्रदको बिक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

आइतबार, ०७ माघ २०७४, ११ : ५८ मा प्रकाशित

प्रभू बैंकको हकप्रदको बिक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्


अर्थ संसार, काठमाडौं–  माघ ७ गते अर्थात आजदेखि  प्रभू बैंक लिमीटेडले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।

बैंकले आफ्ना सेयरधनीलाई एक सय रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता सेयर  विक्री खुल्ला गरेको हो ।

माघ ७ गतेदेखि खुल्ला गरिएको हकप्रद सेयर इच्छुक लगानीकर्ताले फागुन १३ गतेभित्रमा आवेदन दिनुपर्नेछ । पुस २० गतेसम्मका यस बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन् । किन कि बैंकले पुष २१ गते बुक क्लोज गरेको थियो ।

 यहाँबाट आवेदन दिनुहोस

लगानीकर्ताले सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालय, प्रभूू बैंकका सबै कार्यालय, आश्वा सदस्य बैंक तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।

प्रभूू बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको