Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका ग्राहकलाई मौलाकाली केबलकार र इला होटल्समा विशेष छुट

अर्थ संसार

मंगलबार, ०६ जेठ २०८२, ०७ : १२ मा प्रकाशित

प्रभु बैंकका ग्राहकलाई मौलाकाली केबलकार र इला होटल्समा विशेष छुट

प्रभु बैंक लिमिटेडले आफ्नो ग्राहक तथा कर्मचारीहरूका लागि थप सुविधा उपलब्ध गराउने उद्देश्यले इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडसँग विशेष समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

यस सहकार्यले प्रभु बैंकका सेवाग्राहीहरूलाई पर्यटन, आवास तथा मनोरञ्जन क्षेत्रमा विशेष छुट र सेवा प्रदान गर्नेछ।

समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।

 ग्राहक र कर्मचारीका लागि आकर्षक अफर

यो सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्:

  • खानपान सेवामा १०% छुट

  • मौलाकाली केबलकारको टिकटमा २०% छुट

  • आवास सेवामा १०% छुट र

  • केबलकार यात्रा निःशुल्क

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको