Like us!
Follow us!
Connect us!
Watch us!

अभिनेत्री वर्षा राउत CG Motors को ब्रान्ड एन्डोर्सरमा नियुक्त, AION V गाडीको साथ सार्वजनिक

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, ०८ : २३ मा प्रकाशित

अभिनेत्री वर्षा राउत CG Motors को ब्रान्ड एन्डोर्सरमा नियुक्त, AION V गाडीको साथ सार्वजनिक

नेपालमा AION इलेक्ट्रिक गाडीहरूको आधिकारिक बिक्रेता CG Motors ले लोकप्रिय नेपाली अभिनेत्री वर्षा राउतलाई “e:xtraordinary AION V” को ब्रान्ड एन्डोर्सर नियुक्त गरेको घोषणा गरेको छ। कम्पनीले आज एक विशेष कार्यक्रमबीच अभिनेत्री राउतलाई AION V गाडी पनि हस्तान्तरण गरेको छ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री वर्षा राउत आत्मविश्वासी प्रस्तुति, जीवन्त व्यक्तित्व र आधुनिक सोचका लागि परिचित नाम हुन्। अब उनी AION V परिवारको सदस्य बनेकी छन्, जुन नेपालमा विद्युतीय सवारी साधनको सेग्मेन्टमा आधुनिक प्रविधि, लक्जरी सुविधा र उच्चतम आरामको प्रतीकको रूपमा उभिएको छ।

CG Motors का जीएम - सेल्स सुशील क्षेत्री भन्छन्, “हामी वर्षा राउतलाई AION V को ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त उत्साहित छौं। उहाँको अग्रगामी सोच, जीवनशैली र दिगोपनप्रतिको प्रतिबद्धता AION V को ब्रान्ड फिलोसफीसँग मेल खान्छ। हामीसँगै मिलेर नेपालमा इलेक्ट्रिक सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा लिएका छौं।”

AION V मा समावेश ८-प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज तथा हिटर, प्यानोरामिक सनरूफ, स्मार्ट कनेक्टिभिटी लगायतका सुविधा र फिचरहरूले वर्षा राउतको गतिशील जीवनशैलीसँग पूर्ण मेल खान्छ। चाहे छायांकनको व्यस्तता होस्, आकस्मिक घुमघाम वा सहरको यात्रा – AION V हरेक यात्रालाई लक्जरी र आरामदायक बनाउँछ।

AION V मा रहेको ७५.३ kWh क्षमताको ब्याट्री र ६५० किमीको रियल ड्राइभिङ रेन्जले यात्रालाई आत्मविश्वासपूर्ण बनाउँछ। यसले ‘रेन्ज एङ्जायटी’ को समस्या पूर्ण रूपमा हटाउँछ। सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवका लागि AION V एक उत्कृष्ट विकल्प हो।

ब्रान्ड एन्डोर्सर वर्षा राउत भन्छिन्, “AION V केवल गाडी होइन – यो एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ। मसाज सिटदेखि इनबिल्ट रिफ्रिजरेटरसम्मका सुविधा कुनै सपनाजस्तै लाग्छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भइरहेको छ – जुन नेपाललाई हरित, स्मार्ट र सफा भविष्यतर्फ लैजान प्रतिबद्ध छ।”

चौधरी ग्रुप अन्तर्गतको CG Motors नवीनतम प्रविधि र विश्वसनीय अन्तर्राष्ट्रिय साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्दै आएको छ। AION इलेक्ट्रिक गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कम्पनीले २० भन्दा बढी सेल्स र सर्भिस सेन्टर र २६०+ चार्जिङ स्टेशनहरूमार्फत ग्राहकहरूलाई भरपर्दो सेवा र सहज पहुँच सुनिश्चित गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको