स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना पूर्व मिडफिल्डर जाबी अलोन्सोलाई तीन वर्षका लागि प्रशिक्षक नियुक्त गरेको छ। उनले ३० जुन २०२८ सम्मका लागि क्लबसँग सम्झौता गरेका हुन्।
रियल म्याड्रिडका लागि खेलाडीका रूपमा २३६ खेल खेलेका ४३ वर्षीय अलोन्सोले हालै बायर लेभरकुसेन छाड्ने घोषणा गरेका थिए। सन् २०२३–२४ मा आफ्नो पहिलो पूर्ण सिजनमै उनले लेभरकुसेनलाई बुन्डेसलिगा उपाधि जिताए, जसमा क्लबले एक पनि खेल हारेन। उनले जर्मन कप उपाधि पनि जिताएका थिए।
अब अलोन्सोले रियल म्याड्रिडका वर्तमान प्रशिक्षक कार्लो एन्सेलोटीको स्थान लिनेछन्। एन्सेलोटीले शनिबार क्लबका लागि अन्तिम खेलको जिम्मेवारी सम्हालेका थिए। अब उनी ब्राजिलको राष्ट्रिय टिमका प्रशिक्षक बन्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस