Like us!
Follow us!
Connect us!
Watch us!

आइपिएलबाट सन्यास लिने बारे धोनीले के भने ?

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, २१ : ०८ मा प्रकाशित

आइपिएलबाट सन्यास लिने बारे धोनीले के भने ?

महेन्द्र सिंह धोनीले आइपिएलबाट सन्यास लिन आफुसँग ४-५ महिनाको समय रहेको बताएका छन् ।

आइतबार गुजरात टाइटन्सलाई पराजित गरेर सिजनको अन्त्य गरेपछि ४३ बर्षिय धोनीले आइपिएलबाट सन्यास लिने बारेमा अस्पष्ट जवाफ दिएका हुन् । आजको खेललाई धोनीको आइपिएलमा अन्तिम खेल भन्दै प्रचार समेत गरिएको थियो ।

तर धोनीले खेलपछि सोधिएको प्रश्नमा सन्यास बारे निर्णय लिन केहि समय लिने र त्यसपछि निर्णय गर्ने बताएका छन् । उनले भने- 'यो निर्भर गर्दछ । म पनि त्यही भन्छु । मलाई निर्णय लिन चार-पाँच महिना लाग्छ । के गर्ने भनेर निर्णय गर्न हतार छैन । शरीरलाई तन्दुरुस्त राख्न हरेक वर्ष ५० प्रतिशत बढी प्रयास आवश्यक पर्दछ ।'

उनले अगाडी भने- 'मसँग प्रशस्त समय छ। म फेरि राँची जान्छु, म धेरै समयदेखि घर गएको छैन । म केही साइकल यात्राको आनन्द लिनेछु र केही महिना पछि निर्णय लिनेछु । म यो भन्दिन कि मेरो काम सकियो र साथै म यो पनि भन्दिन कि म फेरि आउनेछु । मसँग समय निर्णय गर्ने समय छ ।'

यस सिजनमा चेन्नईले १४ खेलमा केवल ४ खेल जितेर पुछारमा रहदै सिजनको अन्त्य गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको