हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८औं वार्षिक साधारण सभा आगामी असार १० गते गर्ने भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा विहान १०:३० बजे सुरु हुनेछ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो।
कम्पनीले चालु आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ रहेको छ। सोअनुसार कम्पनीले करसहित ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ ४८ पैसाको नगद लाभांश वितरण गर्न लागेको हो। यो प्रस्ताव साधारण सभाबाट पारित गरिनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। त्यसैगरी, एनएफआरएस अनुसार तयार पारिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्बन्धित अनुसूचीहरूमाथि पनि छलफल गरिनेछ।
साथै, सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंक लिमिटेडको २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरिनेछ। हालको लेखापरीक्षक एससि लाल एशोसिएट्सलाई पुनः नियुक्तिको लागि योग्य ठहर गर्दै प्रस्ताव अघि सारिएको छ।
सभाले कम्पनीको प्रस्तावित विषयहरूमा नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। साथै, कम्पनी ऐनको दफा १०५ को (१)(ग) बमोजिम आर्थिक वर्ष २०८०/८१ मा गरिएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस