Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, ८ प्रतिशत नगद लाभांश प्रस्ताव

अर्थ संसार

मंगलबार, १० असार २०८२, ०६ : ४९ मा प्रकाशित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, ८ प्रतिशत नगद लाभांश प्रस्ताव

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज मंगलबार काठमाडौंको आम्रपाली ब्यांकेट, भाटभटेनीमा बिहान १०:३० बजे सुरु हुँदैछ। कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, वासलात, नाफा-नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ। साथै, सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंक लिमिटेडको सोही वर्षको वित्तीय विवरण पनि पारित गरिनेछ।

साथै, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ। हाल कार्यरत लेखापरीक्षक एससि लाल एशोसिएट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव अगाडि बढाइएको छ।

सभा मार्फत नियमनकारी निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ। यस्तै, कम्पनी ऐनको दफा १०५ को उपदफा (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०/८१ मा भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि जेठ २८ गते बुकक्लोज गरेको थियो। सो अनुसार सो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको