Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो प्रदेशस्तरीय ५ एस हक्की च्याम्पियनसिप भक्तपुरमा

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, ११ : १९ मा प्रकाशित

दोस्रो प्रदेशस्तरीय ५ एस हक्की च्याम्पियनसिप भक्तपुरमा

बागमती प्रदेश हक्की संघको आयोजनामा 'दोस्रो प्रदेशस्तरीय ५एस हक्की च्याम्पियनसिप–२०२५' प्रतियोगिता जेठ २५ र २६ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित रोयल नेपाल फुटसलमा सञ्चालन भइरहेको छ।

प्रतियोगितामा बागमती, गण्डकी, कोशी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेशका टिमहरूले सहभागिता जनाएका छन्। नेपालमा हक्की खेलको विकास र प्रवर्द्धन गर्नुका साथै प्रदेशस्तरीय खेलाडीहरूको क्षमता तथा सम्भाव्यता पहिचान गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश हक्की संघका कार्यवाहक अध्यक्ष राम राजा बस्नेतले जानकारी दिए।

उनका अनुसार भक्तपुर जिल्लामा पहिलो पटक प्रदेशस्तरीय हक्की प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको