अर्थ संसार, काठमाडौं– मेगा बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले पुसमहिनास ३९ करोड ३६ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आवमा मेगाले २ करोड रुपैयाँ मात्र नाफा बढाएको छ ।
बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा घटेर ०.९६ प्रतिशतमा झरेको छ । गत असोजमा यस्तो कर्जा १.६७ प्रतिशत थियो ।
बैंकको निक्षेप लागत ७.५८, सीडी रेसियो ७९.३७, आधार ब्याजदर १०.९६ र स्प्रेड दर ३ प्रतिशत मात्र छ । प्रतिसेयर आम्दानी १०.६४ प्रतिशत रहेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप बढेर ४५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप ३७ अर्ब ९८ करोड रुपैयाँ थियो ।
यस्तै कर्जा लगानी पनि बढेर ४० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिम कर्जा लगानी ३४ अर्ब ११ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस