Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका अधिकांश सूचकहरू सुधारोन्मुख : अर्थमन्त्री

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १३ : ३३ मा प्रकाशित

अर्थतन्त्रका अधिकांश सूचकहरू सुधारोन्मुख : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेको बताएका छन् । आइतबार बसेको संसद्को बैठकमा आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थतन्त्रका सूचक सुधारोन्मुख अवस्थामा रहेको भए पनि चुनौतीहरू भने कायमै रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । ‘अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेतापनि नेपालको अर्थतन्त्रले संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको छैन । ती चुनौतीहरूलाई सम्बोधन गर्न बजेट मार्फत नीति तथा कार्यक्रमहरू घोषणा गरिएको छ,’ अर्थमन्त्री पौडेलले भने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको