Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकल ७० खर्ब माथि, कर्जा लगानी ५५ खर्ब बढी

अर्थ संसार

बुधबार, ०४ असार २०८२, १० : ५४ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकल ७० खर्ब माथि, कर्जा लगानी ५५ खर्ब बढी

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ७० खर्ब भन्दा बढीको निक्षेप संकलन गरेका छन् । केन्द्रीय बैंकको असार १ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ७० खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । 

यो अवधिमा वाणिज्य बैंकहरुले मात्रै ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन भने ७ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा निकै कम रहेको छ । जसले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना भइरहेको छ । जसले गर्दा केन्द्रीय बैंकले बजारबाट नियमित जसो रकम प्रशोचन गरिरहेको छ । आज (बुधबार) मात्रै केन्द्रीय बैंकले बजारबाट ९० अर्ब रुपैयाँ उठाउँदैछ । 

साढे ५५ खर्बको कर्जा लगानी 

असार १ गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रावह गरेका छन् । यो अवधिमा वाणिज्य बैंकहरुले मात्रै ४९ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा कायम रहेको छ भने सीडी रेसियो ७८.४० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंकहरुलाई ९० प्रतिशतसम्म सीडिसेरियो कायम गरेर लगानी गर्न पाउने व्यवस्थ गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको