Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा १० प्रतिशतसम्म छुट दिने

विहीबार, ११ माघ २०७४, १५ : ०० मा प्रकाशित

एनएमबि बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा १० प्रतिशतसम्म छुट दिने

अर्थ सं सार, काठमाडौं– एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा १० प्रतिशतसम्मको  छुट प्रदान गर्ने व्यबस्था गरेको छ । 

ग्राहकहरुले बैंकको एनएमबि भिसा डेबिट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरी अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत बिभिन्न सेवा तथा सुबिधाहरुमा यो बिशेष छुट सुबिधा प्राप्त गर्न सक्नेछन् । 

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता बिभिन्न खाले योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको