नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले अहिले बजारले गति लिन नसक्नुको कारण शिथिल अर्थतन्त्र रहेको बताएका छन् ।
अर्थ संसारको लगानीकर्ताको आवाजमा कुराकानी गर्दै महासचिव कँडेलले अर्थन्त्रको रिफ्लेक्स नै पुँजी बजार भएकाले अर्थतन्त्र कमजोर भएकाले बजार बढ्न नसकेको बताएका हुन् ।
समग्र अर्थतन्त्रका सूचकहरु कमजोर भएको र अस्थिर नीतिका कारणले गर्दा बजारले सोचेजस्तो गति समात्न नसकेको उनको भनाइ छ । सेयर बजार भावनात्मक हुने भएकाले हल्लाले पनि बजारमा धेरै प्रभाव पार्ने उनले बताए । अर्थतन्त्र सुधार भएको अवस्थामा बजार पनि बढ्ने भएकाले राज्यले अर्थतन्त्र सुधार गर्नमा ध्यान दिनु पर्ने उनको भनाइ छ ।
त्यस्तै उनले नेपालको सेयर बजार विकासका लागि नयाँ स्टक एक्सचेन्जको पनि आवश्यकता रहेको बताए । अहिलेको स्टक एक्सचेन्जलाई पुनसंरचना गरेर नयाँ खोलेर प्रतिप्रर्धि बनाएको खण्डमा बजारले गति लिने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस