अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंकले एस.सि.टि डेभिट कार्डलाई प्रतिस्थापन गरि भिषा डेभिट कार्ड ल्याएको छ ।
एस.सि.टि डेभिटका ग्राहक महानुभावहरुले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंक संचालनमा आएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे छ ।
बैंकको थप सेवाहरु
आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमानै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस