२०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको हो ।
बैठक सकिएपछि आजै नतिजा सार्वजनिक हुने बताइएको छ । यसअघि परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शुक्रबार साँझ साढे ६ बजे एसइई नतिजा सार्वजनिक गर्ने बताएका थिए । तर, बोर्ड बैठक बस्न ढिलाइ भएकै कारण नतिजामा पनि ढिलाइ हुने भएको हो ।
२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस