Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावर लिमिटेडको सेयर सिडीएससीमा दर्ता, दोस्रो बजार कारोबार कहिले?

अर्थ संसार

विहीबार, १९ असार २०८२, ०७ : ५८ मा प्रकाशित

ट्रेड टावर लिमिटेडको सेयर सिडीएससीमा दर्ता, दोस्रो बजार कारोबार कहिले?

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको सेयर सिडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) मा दर्ता भएको छ। बुधबार सिडीएससी, निष्काशनकर्ता ट्रेड टावर लिमिटेड र रजिष्ट्रार कम्पनी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबीच धितोपत्र अभौतिकीकरण (डिम्याट) सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पश्चात अब आईपीओमा सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा उक्त सेयर पठाउने प्रक्रिया सुरु हुनेछ। सेयर डिम्याट खातामा आएपछि नेप्सेमा सूचीकृत प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकरण पूरा भएसँगै त्यसको भोलिपल्टदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री सुरु हुन सक्नेछ।

ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि गत जेठ १४ गतेदेखि २० गतेसम्म सार्वजनिक सेयर (IPO) निष्काशन गरेको थियो। कम्पनीले कुल ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयर निष्काशन गरेकोमा असार १ गते बाँडफाँड सम्पन्न गरिएको थियो। आईपीओमा कुल २० लाख ७४ हजार २ सय ८५ आवेदकले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ताका लागि आवेदन दिएका थिए। अत्यधिक मागका कारण गोलाप्रथामार्फत ३ लाख २९ हजार ६ सय ५० जनाले मात्र सेयर प्राप्त गर्न सकेका थिए।

ट्रेड टावर लिमिटेडले काठमाडौंको थापाथलीमा आकर्षक ‘ट्रेड टावर’ भवन निर्माण सम्पन्न गरि हाल सञ्चालनमा ल्याइसकेको छ। साथै, कम्पनीले भैसिपाटीमा ‘जनता रेसिडेन्सी’ नामक अपार्टमेन्ट र गौशालामा ‘होटेल क्रिस्टल पशुपति’ समेत निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ। रियल इस्टेट र हस्पिटालिटी क्षेत्रमा क्रियाशील यो कम्पनीले राजधानीको प्रिमियम स्थानमा आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ।

कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन् र कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व समेत उनकै नाममा रहेको छ। अब सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै कम्पनीमा लगानीकर्ताको सहभागिता थप सक्रिय हुने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको