सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । बुधबार, कम्पनीको सेयर सम्बन्धित लगानीकर्ताको खातामा आएपछि अब सो सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने छ।
नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि 'SANVI' सिम्बलमार्फत सेयर कारोबार गर्न सकिनेछ। बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले कम्पनीको सेयर बाँडफाँड जेठ २६ गते सोमबार दिउँसो ३ बजे गरेको थियो। उक्त बाँडफाँडमा २ लाख ४१ हजार ५ सय ३० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस