Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको नाफामा बृद्धि, हेर्नुहोस्, प्रगतिका सूचक

आइतबार, १४ माघ २०७४, १२ : ५७ मा प्रकाशित

जनता बैंकको नाफामा बृद्धि, हेर्नुहोस्, प्रगतिका सूचक

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेले चालु आर्थिक  वर्ष २०७४/७५ को  दोस्रो त्रैमासमा २७ करोड १७ लाख ३९ हजार रुपैयाँ  नाफा कमाउन सफल भएको छ ।

जुन, गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड १३ लाख ४८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा बैंकको नाफामा ६८ दशमलव ४२ प्रतिशतले वृद्धि गरेको हो ।

जनताले यो अवधिमा ९७ करोड २८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी ४० करोड ७७ लाख ९२ हजार रुपैयाँ मात्र थियो । यस्तै, बैंकले सञ्चालन नाफा पनि बढाएको छ ।

गत वर्ष १५ करोड ९३ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यो वर्ष २२ करोड ६२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले १९ करोड २ लाख २७ हजार रुपैयाँ राइट ब्याक गरेको छ । खुद नाफा ह्वात्तै माथि जान सक्नुमा राइट ब्याक र खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा भएको प्रगतिलाई कारक मान्न सकिन्छ ।

जनताले ५२ अर्ब ८० करोड १३ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी ४८ अर्ब ६९ करोड १७ लाख ८३ हजार रुपैयाँ छ ।

यसको खराब कर्जा २.६५५ छ भने कस्ट अफ फन्ड ४.५७५ बाट बढेर ७.८३५ पुगेको छ । बैंकले चुक्ता पुँजी ८ खर्ब ७ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैैंकको चुत्ता पुँजी २ अर्ब ३० करोड ७२ लाख रुपैयाँ मात्र रहेको थियो ।

यो अवधिमा बैंकले आफ्नो जगेडा कोषमा १ अर्ब ६ करोड ६८ लाख ७८ हजार रुपैयाँ जम्मा गरेको छ । बैैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा (वार्षिकीकरण) रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४४ पैसा छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको