सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकाके दिर्नेशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउने गरी २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
सो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ। साथै तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस