Like us!
Follow us!
Connect us!
Watch us!

‘कुम्भ’ मङ्सिरमा प्रदर्शन हुने

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १५ : ३४ मा प्रकाशित

‘कुम्भ’ मङ्सिरमा प्रदर्शन हुने

फिल्म ‘कुम्भ’ मङ्सिर प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र मंसिर १२ गतेबाट प्रदर्शन हुने भएको हो । 

चलचित्र निर्माण युनिटले वितरकसँगको छलफलबाट उक्त मिति तय गरेको हो । फिल्म रन्धिर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी गरेर दुई भाषामा रिलिज हुनेछ । फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय छ । 

एक्सन विधामा निर्माण भएको ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा र सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको