Like us!
Follow us!
Connect us!
Watch us!

वीरगञ्ज नाकाबाट ५२ अर्बको भटमाटको कच्चा तेल भित्रिदा ५५ अर्बको निर्यात

अर्थ संसार

शनिबार, २१ असार २०८२, ११ : ४८ मा प्रकाशित

वीरगञ्ज नाकाबाट ५२ अर्बको भटमाटको कच्चा तेल भित्रिदा ५५ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड मूल्य बराबरको आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१३.४१ प्रतिशतले वृद्धि हो, जसअनुसार करिब ४५ अर्ब २१ करोडले आयात बढेको हो। गत वर्षको सो अवधिमा मात्र ७ अर्ब ३७ करोडको भटमासको कच्चा तेल आयात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, यो वर्ष व्यापारीहरूले भटमासको कच्चा तेल आयात गरी प्रशोधनपछि विदेशी मुलुकमा निर्यात गरेका छन्। उनका अनुसार, चालु आवको ११ महिनामा ५५ अर्ब तीन करोड बराबरको २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो, किनकि त्यसबेला केवल ८ करोड ८३ लाख मूल्यको ४ लाख ६४ हजार १३८ लिटर मात्र निर्यात भएको थियो।

यसैबीच, चालु आवको ११ महिनामा वीरगञ्ज नाका हुँदै सूर्यमुखी तेलको कच्चा पदार्थ ९ अर्ब ७५ करोड मूल्य बराबरको आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको  ८ अर्ब ४ करोडको तुलनामा वृद्धि हो।

साथै, चालु वर्षको पहिलो ११ महिनामा वीरगञ्ज नाकाबाट ८ अर्ब ४० करोड मूल्य बराबरको ३ करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा मात्र ९ करोड ९४ लाख मूल्यको ५ लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको