महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सरोज कुमार सिंहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको १६७औं बैठक असार २० गते बसेको बैठकले उनलाई चार वर्षको अवधि रहने गरी पहिलो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
उहाँको नियुक्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६ को उपदफा (२) र नेपाल राष्ट्र बैंकद्वारा तोकिएका कार्यकारी प्रमुखको योग्यता तथा अनुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (ख), ५ (ख) साथै सोही ऐनको दफा २ (क) र दफा २८ मा उल्लेख गरिएका प्रावधानहरूको आधारमा गरिएको हो।
सिंहको कार्यकाल २०८२ साल साउन १ गतेदेखि सुरु भई २०८६ साल असार मसान्तसम्म रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस