Like us!
Follow us!
Connect us!
Watch us!

'ग्लोबल आइएमई समुन्नत योजना–२' म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

अर्थ संसार

आइतबार, २२ असार २०८२, ११ : ३८ मा प्रकाशित

'ग्लोबल आइएमई समुन्नत योजना–२' म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई बैंकको प्रवर्द्धनमा स्थापना हुने नयाँ म्युचुअल फन्ड ‘ग्लोबल आइएमई समुन्नत योजना २’ मा आवेदन खुला भएको छ।

यस बन्दमुखी योजनामा असार २५ गतेसम्म प्राथमिक आवेदन दिन सकिनेछ। यदि तोकिएको अवधिमा पूर्ण रूपमा बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा रहेको यस योजनामा लगानी गर्ने इकाइधनीले औसत वार्षिक २२.४ प्रतिशत प्रतिफल प्राप्त गर्ने कम्पनीको दाबी छ। ग्लोबल आइएमई क्यापिटलमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ। १० वर्ष अवधिको यो योजना १ अर्ब २० करोड रुपैयाँ बराबरको हुनेछ। अधिक आवेदन प्राप्त भएमा फन्डको आकार २५ प्रतिशतसम्म वृद्धि गर्न सकिनेछ। योजना अन्तर्गत कुल १२ करोड इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ, जसमा प्रति इकाइ मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ। एक लगानीकर्ताले अधिकतम १०० इकाइसम्म आवेदन दिन सक्नेछ।

फन्डले उपलब्ध स्रोतहरूमध्ये ७० देखि ९० प्रतिशत हिस्सा इक्विटी तथा इक्विटी सम्बन्धी साधनहरूमा लगानी गर्नेछ भने बाँकी हिस्सा ऋणपत्र र मुद्दती निक्षेपजस्ता साधनमा लगानी गरिनेछ।

ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत हाल दुईवटा योजना सञ्चालनमा छन्। ‘समुन्नत योजना २’ तेस्रो योजना हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको