Like us!
Follow us!
Connect us!
Watch us!

कर खारेजीको मागसहित सुनचाँदी व्यवसायी आन्दोलित, साताव्यापी विरोध कार्यक्रम घोषणा

अर्थ संसार

आइतबार, २२ असार २०८२, १५ : ४१ मा प्रकाशित

कर खारेजीको  मागसहित  सुनचाँदी व्यवसायी आन्दोलित, साताव्यापी विरोध कार्यक्रम घोषणा

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा सुनचाँदी तथा रत्न–आभूषण व्यवसायमा लगाएको नयाँ करप्रति विरोध जनाउँदै व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा सात दिनसम्म चल्ने विरोध कार्यक्रम सार्वजनिक गरेका हुन्।

महासंघहरूको संयुक्त विज्ञप्तिअनुसार असार २७ गतेसम्म काठमाडौं उपत्यकाभर विभिन्न चरणमा विरोध कार्यक्रम सञ्चालन हुनेछन्। हाल शान्तिपूर्ण रूपमा पसलहरू बन्द गरेर विरोध जनाइरहेका व्यवसायीहरू अब आन्दोलनको दोस्रो चरणमा प्रवेश गर्दै सरकारसँग प्रत्यक्ष संवादको तयारीमा छन्।

आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कर खारेजीको मागसहित लिखित ज्ञापनपत्र बुझाइनेछ। त्यसपछि न्युरोड क्षेत्रमा एक घण्टा प्लेकार्डसहित प्रदर्शन गरिने कार्यक्रम छ।

असार २३ गते कर संरचना र आर्थिक प्रभावबारे विज्ञहरूसँग परामर्श गरिनेछ। असार २४ गते उपत्यकाभित्रका अन्य जिल्लाहरूमा बाँकी विरोध कार्यक्रमहरू सम्पन्न गरिनेछन्।

कार्यक्रमअनुसार असार २५ गते विषयगत गोष्ठी आयोजना गरिनेछ, जहाँ नीतिगत बहस र वैकल्पिक प्रस्तावहरू प्रस्तुत गरिनेछन्। असार २६ गते काठमाडौंमै खबरदारी सभा गरिनेछ भने असार २७ गते शुक्रबार राष्ट्रियस्तरको खबरदारी सभाको आयोजना गरिने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको