खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्दै आएको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड लाई दिइएको छ। यस सम्बन्धमा सोमबार कम्पनी र आरबीबी मर्चेन्ट बैंकिङबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतामा लोवर मिड रावा खोलाका कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल ले हस्ताक्षर गरेका छन्।
कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर सार्वजनिक गर्न लागेको हो, जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को पूर्ण स्वामित्वमा रहेको लगानी व्यवस्थापन संस्था हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस