अर्थ संसार, काठमाडौं– नबिल बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा खुद नाफा १ अर्ब ७४ करोड ७९ लाख ४४ हजार रुपैयाँ मात्र थियो
। बैंकले खुद ब्याज आम्दानी पनि १०.१४५ ले वृद्धि गरेको छ । गत वर्ष २ अर्ब ६६ करोड ५४ लाख ७८ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपालि २ अर्ब ९३ करोड ५६ लाख ४५ हजार रुपैयाँ पुगेको हो । बैंकले ८ लाख ३ हजार रुपैयाँ राइट ब्याक गर्दा १९ करोड ८९ लाख २० हजार रुपैयाँ प्रोभिजनमा रखेको छ ।
नबिलको निक्षप संकलन १ खर्ब २० अर्ब ८१ करोड रुपैयाँबाट वृद्धि हुँदै १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । बैंकको सीसीडी अनुपात ७६.४९५ छ । यता, खराब कर्जा ०.९०५ बाट बढेर १.१३५ पुगेको छ ।
कस्ट अफ फन्ड पनि १.९०५ बाट बढेर ४.४३५ पुगेको छ । नबिलले चुक्ता पुँजी ३०५ ले वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको छ ।
रिजर्भ कोषमा ९.७५५ वृद्धि भएर ७ अर्ब ८५ करोड ५३ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी (वर्षिक) ५६.६९ रुपैयाँबाट घटेर ४५.५७ रुपैयाँमा आएको छ । नेटवर्थ पनि २१६ रुपैयाँबाट घटेर १९८ रुपैयाँमा आएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस