Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो ६ महिनामा एक अर्ब

सोमबार, १५ माघ २०७४, ११ : ३१ मा प्रकाशित

स्ट्याण्डर्ड  चार्टर्ड बैंकले कमायो ६ महिनामा एक अर्ब

अर्थ संसार, काठमाडौं–  स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु १ अर्ब १ करोड खुद नाफा कमाएको छ ।

बैंकले ६ महिनाको अवधिमा रु १ अर्ब नाफा कमाएको यो पहिलो पटक हो । गत वर्षको यसै अवधिमा बैंकले रु ७४ करोड नाफा कमाएको थियो ।

बढी नाफा कमाउने १० बैंकको सूचिमा लगातार पर्दै आएको बैंकले यो वर्ष नाफा २ अर्बको हाराहारीमा पुर्याउने संकेत देखिएको छ । गत वर्ष बैंकले रु १ अर्ब ३८ करोड नाफा कमाएको थियो ।

बैंकले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले रु १ अर्ब ४६ करोड खुद व्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको भन्दा रु ४२ करोड बढी हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको