Like us!
Follow us!
Connect us!
Watch us!

अब केवाईसी विवरण राष्ट्रिय परिचयपत्रबाटै, राष्ट्र बैंकको मौद्रिक नीतिमा सहजीकरण

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १३ : २६ मा प्रकाशित

अब केवाईसी विवरण राष्ट्रिय परिचयपत्रबाटै, राष्ट्र बैंकको मौद्रिक नीतिमा सहजीकरण

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान प्रक्रिया अझ सरल बनाउने व्यवस्था गरेको छ। आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा राष्ट्र बैंकले केवाईसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको हो।

नयाँ नीतिअनुसार अब कुनै बैंक वा वित्तीय संस्थालाई ग्राहकको केवाईसी विवरण आवश्यक परेमा राष्ट्रिय परिचयपत्रमार्फत सो विवरण सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यस व्यवस्थाले वित्तीय कारोबारको पारदर्शिता तथा सहजीकरणमा सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।

डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले यस्तो नीति अवलम्बन गरेको हो। यसले ग्राहकलाई पुनः–पुनः विवरण पेश गर्नुपर्ने झन्झट कम हुने देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको