नुवाकोट जिल्लाको ताँदी खोलामा निर्माणाधिन मध्यताँदी खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले निर्माण गरिरहेको ५.५ मेगावाटको आयोजनाका लागि कुल लागत १ अर्ब १० करोड रुपैयाँमध्ये ७१ करोड ४४ लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्ने भएको छ ।
शुक्रवार काठमाडौँमा जलविद्यूत आयोजनाको लगानीका लागि भएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका छन् । यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ भने बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा.लि.ले गर्नेछ । आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको वार्ड नं ६ मा आयोजना निर्माण शुरु भइसकेको छ ।
अहिले सडक, आवासगृह लगयातको निर्माण भइरहेको आयोजनाका प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत् नुवाकोटस्थित समुद्रटार सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस