मध्यपश्चिम विश्वविद्यालयको आगामी आर्थिक वर्षको बजेट स्वीकृत भएको छ । आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा शोभाकर कँडेलद्वारा प्रस्तुत गरिएको पुँजीगततर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँ सहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस