Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्रको विकासका लागि वन नीतिमा परिमार्जन आवश्यक छ - अग्नि खरेल

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १२ : ०४ मा प्रकाशित

ऊर्जा क्षेत्रको विकासका लागि वन नीतिमा परिमार्जन आवश्यक छ - अग्नि खरेल

पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले ऊर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् । आज काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरू सहजीकरण गर्दै जानुपर्ने उनले बताए ।  विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्त्वपूर्ण ऊर्जा क्षेत्र रहेको बताए । प्रसारण लाइन सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेका उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको